Sunday, September 27, 2026
Home राजनीति माधव नेपालले प्रष्टीकरण पत्र नबुझ्दै अघि बढ्यो कारबाही प्रक्रिया

माधव नेपालले प्रष्टीकरण पत्र नबुझ्दै अघि बढ्यो कारबाही प्रक्रिया

62

काठमाडौँ । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही प्रक्रिया अगाडि बढाएको छ। अध्यक्ष नेपालले प्रष्टीकरण पत्र नबुझ्दै आयोगले उनलाई कारबाहीको प्रक्रिया अघि बढाएको हो।

नेपालले बेरोजगार युवालाई फ्रि–भिसा, फ्रि–टिकटमा विदेश पठाइदिने आश्वासन बाँडेको समाचार सार्वजनिक भएको भन्दै आयोगले बिहीबार स्पष्टीकरण सोधेको हो। आयोगले उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिने भनेको छ।

यो पनिः‘फ्री भिसा, फ्री टिकट’बारे माधव नेपाललाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

स्पष्टीकरण सोधेकै दिन आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र लेखेर नेपालमाथि कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ। स्रोतका अनुसार नेपालले आयोगको प्रष्टीकरण पत्र बुझिसकेका छैनन्।

‘माधवकुमार नेपालले निर्वाचनको सम्मुखमा युवाहरुलाई विदेश पठाउने भनि सार्वजनिक रुपमा प्रलोभन देखाउने कार्य गरेकोले यस सम्बन्धमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध छ,’ आयोगले रौतहट प्रहरीलाई लेखेको पत्रमा भनिएको छ।