Sunday, September 27, 2026
Home खेलकुद लुम्बिनीमाथि पुलिसको एकतर्फी जित

लुम्बिनीमाथि पुलिसको एकतर्फी जित

34

काठमाडाैँ । नवौँ राष्ट्रिय खेलकुद् प्रतियोगितामा महिला क्रिकेटतर्फ समूह ‘बी’मा नेपाल पुलिसले लगातार तेस्रो जित निकालेको छ। शुक्रबार बिहान पोखरा रंगशालामा सम्पन्न खेलमा लुम्बिनीमाथि पोखराले ९७ रनको फराकिलो जित निकालेको हो।

यसअघि पुलिसले प्रदेश एक र कर्णालीलाई हराएको थियो। प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो।

जसका लागि कविता जोसीले ४८ रनको नटआउट इनिङ खेल्दा सम्झना खड्काले २९ रन बनाएकी थिइन्। त्यस्तै, अप्सरी बेगमले १० रन जोडेकी थिइन्। १ सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १२.५ ओभरमा अलआउट हुँदै १५ रनमानै समेटिएको थियो। उसका कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्। उसका ७ खेलाडी शुन्य रनमा पेभिलियन फर्किएका थिए। पुलिसका लागि इश्वरी विष्टले ४ विकेट लिंदा हिरानमयि रोईले २ विकेट लिएकी थिइन्।