शेखर कोइरालाले गरे मोरङ ६ बाट उम्मेदवारी दर्ता

22

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनितिसभा निर्वाचनको लागि मनोनयन दर्ता गराएका छन्।कोइरालाले मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।

पाँच दलीय सत्ता गठबन्धनको सर्मथनमा उम्मेदवारी दिएका कोइरालाको एमालेका लालबाबु पण्डितसँग टक्कर पर्ने देखिएको छ। कोइराला २०७४को निर्वाचनमा पण्डितसँग पराजित भएका थिए।

पार्टीले समानुपातिक र न्यायोचित हिसावले टिकट बाँडफाँट नगरेको भन्दै स्थानीय तहको निर्वाचनदेखि नै विद्रोह थालेका कोइरालाले आज मनोनयनको दिन भने सत्ता गठबन्धन मिलेर अघि बढ्ने प्रतिक्रिया दिएका छन्।

स्थानीय तहको निर्वाचनमा एक्लै चुनाव लड्ने अडान राखेका थिए भने आम निर्वाचनमा पनि पार्टी सभापति शेर बहादुर देउवासँग असन्तुष्टि राखेर विद्रोह गरेका थिए।