Sunday, September 27, 2026
Home राजनीति जबराले नाम लिएका व्यक्तिलाई छलफलमा बोलाइने

जबराले नाम लिएका व्यक्तिलाई छलफलमा बोलाइने

161

काठमाडाैँ । प्रतिनिधिसभाकाे महाभियोग सिफारिस समितिले बयानका क्रममा निलम्बित प्रधानन्याधीश चोलेन्द्रशमशेर जबराले नाम लिएका व्यक्तिहरूलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको समिति बैठकले बयानका क्रममा नाम आएका बारका पदाधिकारी, न्यायधिश, पूर्वन्यायाधीश लगायतलाई बिहीबार छलफलका लागि बोलाउने निर्णय गरेको हाे।

समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले न्यायाधीश, पूर्वन्यायाधीश, बारका पदाधिकारीसँग बिहीबार छुट्टाछुट्टै समय दिएर छलफल गर्ने जानकारी दिए। आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा जबराले सर्वोच्चका बहालवाला र पूर्वन्यायाधीश, बार एसाेसिएसनका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ताहरूलाई पनि मुछेका थिए।