भक्तपुर ताथलीका कटुवालले नाबालिकालाई जबरजस्ती गरेपछि

172

भक्तपुर । १६ वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली बस्ने वर्ष २७ को टिका राज कटुवालले जबरजस्ती करणी गरेको भनी पिडित बालिकाको आफन्तले प्रहरीमा उजुरी दिएका छन् । कटुवालले आइतबार भक्तपुर सुर्यविनायक नगरपालिका १० चित्तापोल स्थितमा रहेको पिस फुल रिसोर्टमा बर्ष १६ की नाबालिकालाई जबरजस्ती करणी गरेको पीडित बालिकाको आफन्तको आरोप छ । प्रहरी वृत जगातीमा दिएको जाहेरी दरखास्तको आधारमा प्रतिवादीलाई कानून बमोजिम नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।