Thursday, October 1, 2026
Home अन्य कला फ्लाएर्स फिल्म अवार्डको मनोनयन विधा सार्वजनिक

फ्लाएर्स फिल्म अवार्डको मनोनयन विधा सार्वजनिक

76

काठमाडौं । स्थानीय तह निर्वाचनका कारण पछाडि धकेलिएको ‘फ्लाएर्स फिल्म अवार्ड-२०७९’ आउँदो ५ कात्तिकमा आयोजना हुँदै छ । प्रदेश १ मै पहिलोपटक हुन लागेको यो फिल्म अवार्ड ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बईको डिजाइनमा आयोजना गर्दै छ ।

विराटनगरमा हुने अवार्ड शोको मनोनयन विधा आयोजकले सार्वजनिक गरेका छन् । मनोनयनमा बेस्ट हिरो, बेस्ट हिरोइन, बेस्ट डिरेक्टर, बेस्ट म्युजिक डिरेक्टर, बेस्ट एक्सन डिरेक्टर, बेस्ट कोरियोग्राफर, बेस्ट प्लेब्याक सिंगर मेल, बेस्ट प्लेब्याक सिंगर फिमेल, बेस्ट कोमिक रोल मेल, बेस्ट सिनेमाटोग्राफी, बेस्ट डेब्यु मेल हिरो, बेस्ट डेब्यु फिमेल हिरोईन, बेस्ट सपोर्टिङ एक्टर मेल, बेस्ट सपोर्टिङ एक्टर फिमेल, बेस्ट इन नेगेटिभ रोल, बेस्ट स्टोरी, बेस्ट स्कृनप्ले, बेस्ट लिरिक्स, बेस्ट मुभी अफ द ईयर, लाईफ टाइम अचिभ्मेन्ट अवार्ड, पब्लिक च्वाइस बेस्ट हिरो अवार्ड, पब्लिक च्वाइस बेस्ट हिरोईन अवार्ड र जुरि अवार्ड गरि २३ विधा छन् ।

आयोजकका अनुसार यतिबेला आवेदन खुल्ला गरिएको र २०७६, २०७७ र २०७८ सालमा प्रदर्शन भएका नेपाली फिल्महरुलाई यो अवार्डमा निःशुल्क दर्ता गरिनेछ । आयोजक संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजवंशीले मोफसलमा समेत नेपाली फिल्मको विकास, विस्तार र उन्नतिको लक्ष्य लिएर पहिलो संस्करण विराटनगरमा आयोजना गर्न लागिएको बताए ।