Sunday, October 18, 2026
Home समाज जंगली च्याउ खाँदा रसुवामा ११ जना बिरामी

जंगली च्याउ खाँदा रसुवामा ११ जना बिरामी

91

रसुवा । जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन्।

जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा. निरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको छ।

उपचारका लागि बुधबार अपराह्न अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको तर उनीहरूले यहाँ के काम गर्ने हो भन्ने नखुलेको उनले बताए। तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउ नखान चिकित्सकले सबैमा अनुरोध गरेका छन्।