आरएसडिसी लघुवित्तको नाफा बढ्यो

92

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गर्ने आरएसडिसी लघुवित्त पहिलो कम्पनी हो ।

उक्त विवरणअनुसार चालू आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ४६.३६ प्रतिशतले बढेर २३ करोड ८२ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १६ करोड २७ लाख ६८ हजार रूपैयाँ रहेको थियो ।

दोस्रो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा पनि बढेर २६ करोड ४७ लाख ७६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १८ करोड ६१ लाख १७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । संस्थाको चुक्ता पुँजी ८० करोड ५१ लाख रुपैयाँ र जगेडा कोषमा ३१ करोड ३ लाख हजार रुपैयाँ सञ्चित रहेको छ ।