पानीपुरी र चटपटेमा रोक किन ?

108

काठमाडौँ । हैजा फैलिन नदिन भन्दै ललितपुर महानगरपालिकाले पानीपुरी र चटपटेमा रोक लगाएको थियो। त्यस्ता खानामा दूषित पानीको प्रयोग भएको पाइएकाले नगरप्रमुख चिरिबाबु महर्जनको निर्देशनमा केही समयका लागि त्यस्ता खानेकुरा बेच्न नदिने निर्णय भएको हो।

नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने,”दूषित पानी नै हैजाको प्रमुख कारण हो। त्यस्तो पानीले पानीपुरीलाई अखाद्य बनाउनुका साथै त्यसमा हैजाको जीवाणु भेटिने सम्भावना रहन्छ।” काठमाडौँ महानगरपालिकाले पनि मङ्गलवारदेखि सडकमा खानेकुरा बेच्न राख्न प्रतिबन्ध लगाएको छ।महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले नगरवासीको स्वास्थ्यलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्मका लागि सडक छेउछाउ राखिने खानाका स्टलहरूलाई प्रतिबन्ध गर्न लागिएको हो।