Sunday, September 27, 2026
Home स्वास्थ्य एक पटक पढ्नु होस्ः हाकिमलाई घृणा गर्नेलाई पनि हृदयाघातको जोखिम

एक पटक पढ्नु होस्ः हाकिमलाई घृणा गर्नेलाई पनि हृदयाघातको जोखिम

89

स्वास्थ्य । सुर्तीजन्य पदार्थको सेवन, मोटोपन र शारीरिक व्यायामको कमीका कारण हृदयाघात हुन सक्छ भन्ने कुरा त हामी सबैलाई थाहा छ। तर तपाईँलाई त्यसबाहेक अन्य कारणबारे थाहा नहुन सक्छ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार मुटुसम्बन्धी रोग मृत्युको एउटा प्रमुख कारण हो। त्यसैले मुटुरोगसम्बन्धी लुकेका केही जोखिमबारे हामी यहाँ चर्चा गर्दैछौँ।

१. दाँत सफा नगर्नु

विभिन्न अध्ययनका अनुसार खराब दन्तस्वास्थ्य हुनेहरूमा मुटुसम्बन्धी समस्या धेरै हुन् ।
दाँत र मुटुबीच हामीले सोचेभन्दा बढी सम्बन्ध छ। विभिन्न अध्ययनका अनुसार नराम्रो दन्तस्वास्थ्य हुनेहरूमा मुटुसम्बन्धी धेरै समस्या हुन्छ। रक्तस्राव वा गिजा सुन्निनुले मुखमा रहेको कीटाणुलाई रक्तप्रवाहमा छिर्ने अवसर दिन्छ। यसले धमनीमा फ्याटी प्ल्याकु अर्थात् चिल्लो पदार्थको पत्र बनाउन सहयोग गर्छ।अनि कलेजोमा केही प्रकारका प्रोटिन बढाइदिन्छ र रक्तप्रवाह बढाइदिन सक्छ। यसबाट हृदयाघात वा मस्तिष्काघात हुन सक्छ।

यसको समाधान के त ?

नियमित रूपमा दाँत सफा गर्नुहोस् र दन्तचिकित्सकसँग नियमित परामर्श लिनुहोस्।

२. हाकिमलाई घृणा गर्नु

एउटा अध्ययनले हाकिमसँग खराब सम्बन्ध हुँदा हृदयाघातको सम्भावना बढ्ने देखाएको छ ।
यो ठट्टा होइन। हाकिमलाई घृणा गर्दा मुटुसम्बन्धी रोग बढ्न सक्छ। ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एउटा स्वीडिश अध्ययनले कार्यस्थलमा नेतृत्व गर्ने व्यक्तिसँग खराब सम्बन्ध हुँदा ४० प्रतिशत मानिसहरूमा हृदयाघातको सम्भावना बढ्ने कुरा पत्ता लगाएको छ। सो अध्ययन १० वर्ष लगाएर गरिएको थियो।कार्यस्थलमा हुने गम्भीर तनाव हृदयाघातको कारण बन्न सक्छ,ू ओर्लान्डोस्थित हेल्थ हार्ट इन्स्टिट्युटका मुटुरोग विशेषज्ञ विजय कुमार बताउँछन्। अपर्याप्त निद्रा र अनुपयुक्त आहारजस्ता कारणले मुटुको रोग हुने खतरा झन् बढ्छ।

३. हृदयविदारक घटना

हृदयविदारक घटनाले पनि तपाईँको मुटुमा असर पार्न सक्छ
आकस्मिक रूपमा हुने परिवारजनको मृत्युजस्ता हृदयविदारक घटनाले पनि तपाईँको मुटुमा नराम्रो असर पार्न सक्छ। अमेरिकन मेनपोज सोसाइटीका अनुसार जीवनमा तीन वा त्यसभन्दा बढी हृदयविदारक घटना भोगेका महिलाको रक्तसञ्चार प्रणाली त्यस्तो अनुभव नभएको महिलाको तुलनामा निकै कमजोर हुन्छ। मुटुविशेषज्ञ ज्याकी युवानीका अनुसार तनाव बढ्दा अड्रेनलिनको उत्पादनमा उल्लेख्य वृद्धि हुन सक्छ।

व्यस्तताका बीच व्यायाम
युवाको रगतमा बुढ्यौलीका रोग रोक्ने गुणु
अड्रेनलिनको मात्रा बढ्दा मुटुको चाल र रक्तचाप बढ्छ। त्यसबाट मुटुको समस्या हुन सक्छ।

४. एक्लो अनुभूति हुनु

सामाजिक सम्बन्ध कम भएका व्यक्तिलाई मुटुसम्बन्धी समस्या हुन सक्ने सम्भावना बढ्छ ।
अर्को एउटा ब्रिटिश मेडिकल जर्नलका अनुसार सीमित सामाजिक सम्बन्ध भएका व्यक्तिहरूमा मुटुरोग हुन सक्ने सम्भावना २९ प्रतिशत बढी हुन्छ भने हृदयाघात हुने सम्भावना ३२ प्रतिशत बढी। त्यसको एउटा कारण के हो भने एक्लोपन तनावपूर्ण हुन सक्छ र त्यस्ता व्यक्तिहरूसँग आफ्नो मनोभाव व्यवस्थापन गर्न सघाउने कोही पनि हुँदैनन्।

सन् २०१४ मा अक्स्फोर्ड विश्वविद्यालयले प्रकाशित गरेको एक अध्ययनमा आठ वर्षको अवधिमा सात लाखभन्दा बढी महिलाको विश्लेषण गरिएको थियो। साथीसँग बस्ने महिलाहरूमा मुटुसम्बन्धी रोगबाट मर्ने सम्भावना एक्लै बस्ने महिला भन्दा २८ प्रतिशत कम हुन्छ भन्ने सो अध्ययनले देखाएको थियो।

५. उदासीनता हुनु

हृदयाघात भइसकेका व्यक्तिमा उदासीनता देखिन सक्छ
अमेरिकन हार्ट एसोसिएशनका अनुसार हृदयाघात भइसकेका अमेरिकीहरूमध्ये ३३ प्रतिशतभन्दा बढीमा डिप्रेशन अर्थात् उदासीनता हुन सक्ने सम्भावना रहन्छ। मानसिक समस्या रहेका व्यक्तिहरू स्वस्थ निर्णय लिन पनि नसक्ने विशेषज्ञहरूको अनुमान छ। न्यूयोर्कस्थित जोन एच टिश सेन्टर फर विमन्ज हेल्थकी मेडिकल निर्देशक नीसा गोल्ड्बर्ग भन्छिन् ‘ स्वस्थ आहार वा मदिरासेवनमा नियन्त्रण गर्नु डिप्रेशन भएका धेरैमा पर्याप्त हुन्छ। नराम्रो परिस्थितिमा भएका मानिसहरू आफूलाई शान्त पार्न जेसुकै पनि गर्न सक्छन्। उनीहरू आफू स्वस्थ भएको वा नभएको विचार गर्दैनन्।

६. महिनावारी हुन छोड्नु

महिनावारी हुन छोडेपछि महिलाहरूमा मुटुको समस्या बढ्न सक्छ । मेनपोज अर्थात् महिलावारी हुन छोडेपछि महिलाहरूमा हृदयाघात हुने सम्भावना बढ्छ। रजोनिवृत्ति भएका महिलाको शरीरमा इस्ट्रजन हर्मोनको मात्रा घट्छ। इस्ट्रजन हर्मोनले धमनीको भित्री सतहलाई राम्रो गर्छ भन्ने मान्यता छ। त्यसले रक्तनलीहरूलाई लचिलो हुन सघाउँछ। मुटुविशेषज्ञ ज्याकी युवानी भन्छिन् ( उमेर बढेसँगै रक्तनलीमा अररोपन बढ्छ र त्यसले धमनीभित्र चाप बढाइदिन्छ। र राम्रो आहार र नियमित व्यायामले त्यस्ता प्रभावहरूलाई निस्तेज पारिदिन सक्छन्। बीबीसीबाट