Thursday, October 1, 2026
Home समाचार बिजुक्छेँकी धर्मपत्नी शोभा प्रधानको आज अन्तिम संस्कार गरिदैं, शव यात्राको तस्विर हेरौं

बिजुक्छेँकी धर्मपत्नी शोभा प्रधानको आज अन्तिम संस्कार गरिदैं, शव यात्राको तस्विर हेरौं

244

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको धर्मपत्नी शोभा प्रधान (बिजुक्छे)को उपचारका क्रममा असार ८ गते अपराह्नमा ललिलतपुरको एक अस्पतालमा निधन भएको थियो ।

लामो समयसम्म शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत प्रधानको नेपाल क्यान्सर हस्पिटल हरिसिद्धमा उपचारकै क्रममा निधन भएको हो । स्वर्गीय प्रधानको नेमकिपाका अध्यक्ष बिजुक्छेंसँग २०४० मा विवाह भएको थियो ।

उहाँहरुका दुई छोरा हुनुहुन्छ । उहाँको आज अन्तिम संस्कार गरिने भएको छ । शवयात्रा सहित भक्तपुरको हनुमान घाटमा प्रधानको अन्तिम संस्कार नेवारी परम्परा अनुसार हुनेछ । भक्तपुरको दुधपाटीबाट हजारौं सहभागी भएर उहाँको अन्तिम संस्कार गर्ने तयारी रहेको छ ।
तस्विर हेरौं