शिक्षिकाले विद्यार्थीसँग बारम्बार यौन सम्बन्ध राखेपछि….

418
सांकेतिक तस्विर

काठमाडौँ । शिक्षिका र विद्यार्थीबीच अबैध सम्बन्ध रहेको सार्वजनिक भएको छ। भारत हरियाणा राज्यको पानीपात जिल्लामा भएको यो घटनामा ३० वर्षीया शिक्षिकाले आफ्नै १९ वर्षीय विद्यार्थीसँग अबैध सम्बन्ध राख्दै आएको समाचार बाहिरिएको छ । शिक्षिकाको आफ्नै विद्यार्थीसँग अबैध सम्बन्ध रहेको श्रीमानले जानकारी पाएपछि उनीहरुको दिनदिनै झगडा हुन थाल्यो । अन्तमा ती शिक्षिका आवेशमा आएर आफ्नो प्रेमी किशोर विद्यार्थीसँग मिलेर श्रीमानको हत्या गरिदिइन् ।
प्रहरीले छानविन गर्ने क्रममा श्रीमानको शव घरभित्र टाउकोमा चोटको निशानासहित हात र खुट्टा बाँधिएको अवस्थामा फेला पारेको थियो । उनले केही वर्षअघि मात्रै विहे गरेकी थिइन् । प्रहरीको भनाइअनुसार अमिताले पिटिआईको पढाई गरिरहेकी थिइन् । यसै कारण उनी १० महिनादेखि बराबरमा रहँदै आएका आइटीआईको छात्र अमितलाई ट्युशन पढाउन सुरु गरेकी थिइन् । यसै क्रममा उनीहरुको अबैध सम्बन्ध सुरु भएको थियो । अहिले उनीहरु दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एजेन्सी