भारतमा वर्षा र बाढीको वितण्डाः कैयौँको मृत्यु, लाखौँ विस्थापित, फोटो फिचर

61

बीबीसी । जताततै पानी थियो, तर पिउनलाई एक थोपा पनि थिएन। शनिवार आफ्नो घर बाहिरको दृश्य वर्णन गर्दै रोञ्जु चौधरीले भनिन्।
उनी हाल बाढीले ग्रस्त भएको पूर्वोत्तर भारतीय राज्य आसामको दुर्गम गाउँ उडियानाकी बासिन्दा हुन्। उनले स्मरण गरे अनुसार त्यहाँ लगातार पानी परिरहेको थियो। तीव्र गतिको वर्षाका कारण केही घण्टामै सडक पूर्ण रूपमा डुबे। घरमा पानी पसेपछि परिवारले अन्धकारमा आफूलाई जोगाउन खोजेको उनी बताउँछिन्। दुई दिन बितिसक्दा पनि उक्त परिवार अलपत्र छ।

टापुजस्तो बने घर

उनीहरूको घर अहिले पानीको समुद्रमा एकान्तको टापुजस्तो देखिन्छ। ‘हामी चारैतिरबाट बाढीको पानीले घेरिएका छौँ। पिउने पानी पाउन मुस्किल छ। खानेकुराको पनि अभाव छ। अहिले पानीको सतह झन् बढ्दै गएको सुन्छु’ चौधरी भन्छिन्।अब हामीलाई के हुने होर ? अस्वाभाविक वर्षा र बाढीले आसममा विनाशका रेखाहरू छाडेको छ।
बाढी गाउँहरू डुबानमा परेको छन्, बाली नष्ट भएको छ र घरहरू भत्किएका छन्।

अधिकारीहरूका अनुसार उक्त राज्यका ३५ जिल्लामध्ये ३३ वटा बाढीले प्रभावित भएको र कम्तीमा ३४ जनाको ज्यान गएको बताएका छन्। उनीहरूका अनुसार त्यहाँ ४२ लाखभन्दा बढी विस्थापित भएका छन्। भारी वर्षाको असर छिमेकी राज्य मेघालयमा पनि परेको छ। त्यहाँ गत साता १८ जनाको मृत्यु भएको थियो।

उद्धार शिविर

आसाममा सरकारले विस्थापितका लागि १,१४७ वटा राहत शिविर खोलेको छ।
तर अधिकारीहरूले तीव्र वर्षा र बाढीका कारण उद्धार तथा राहतको काम जटिल बनेको बताएका छन्। उद्धार गरेर राखिनेहरूका लागि बनाइएका शिविरको अवस्था पनि दयनीय छ। उडियानाकी हुस्ना बेगमले भनिन्, ‘शिविरमा पिउने पानी छैन। मेरो छोरालाई ज्वरो आएको छ, तर म डाक्टरकहाँ लान असमर्थ छु।’ गत बुधवार उनको घरमा पानी पसेपछि २८ वर्षीया हुस्ना सहायताको खोजीमा बाढीको पानीमा पौडिएर बाहिर निस्किएकी हुन्।

उनी अहिले आफ्ना दुई छोराछोरीसहित पालमुनि बसिरहेकी छिन्। मैले मेरो जीवनमा यति ठूलो बाढी कहिल्यै देखेको थिइनँ,’ उनी भन्छिन्। बाढीले नियमित रूपमा ब्रह्मपुत्र नदीको उर्वर किनारमा बसोबास गर्ने लाखौँको जीवन र जीविकोपार्जनलाई विनाश गरिदिन्छ।
बाढी उक्त नदी क्षेत्रलाई प्रायः आसमको जीवन रेखा भन्ने गरिन्छ। तर विज्ञहरू जलवायु परिवर्तन, अनियन्त्रित निर्माणकार्य र तीव्र औद्योगिकीकरण जस्ता कारणले चरम मौसमी घटना हुने क्रम बढाएको बताउँछन्। यो वर्ष आसाममा यस्तो भीषण बाढी आएको यो दोस्रो पटक हो। गत मे महिनामा आएको बाढीले त्यहाँ कम्तीमा ३९ जनाको ज्यान लिएको थियो।

ठूलो वर्षा

उक्त राज्यमा यो महिना औसतभन्दा १०९ प्रतिशत बढी वर्षा भएको मौसम विभागले जनाएको छ। त्यहाँ ब्रह्मपुत्र नदी धेरै ठाउँमा खतराको तहभन्दा माथि बगिरहेको छ। स्थानीयवासी र अधिकारीहरूले बीबीसीले पछिल्लो बाढीलाई एकदमै खतरनाकमध्ये एक भएको बताएका छन्।  -बीबीसी