जेनिफरले किन आफ्नो नग्न फोटो लिलाम गर्दैछिन् ?

303

जेठ २३
हलिउड । बलिउडकर्मीहरू आआफ्नो दक्षअनुसार कोरोना भाइरस पीडितलाई सहयोग गरिरहेका छन्। उता हलिउड नायिका जेनिफर एनिस्टनले भने कोरोना भाइरसविरुद्ध सहयोग रकम जुटाउन अनौठो घोषणा गरेकी छन्। जेनिफरले सहयोग रकम जुटाउन आफ्नो नग्न तस्बिर लिलामी गर्ने घोषणा गरेकी छन्। लिलामी गर्न थालिएको उनको सो तस्बिर सन् १९९५ को हो, त्यसताका जेनिफर आफ्नो टीभी सो फ्रेन्ड्सका कारण अधिक चर्चामा थिइन्। तस्बिर लिलामीबाट जति रकम हात पर्छ, त्यो कोरोना भाइरससँग लड्न प्रदान गरिने नायिका जेनिफरले बताएकी छन्।

जेनिफरले एउटा भिडियो र आफ्नो त्यो तस्बिर सेयर गरेकी छन्, जसको लिलामी गरिनेछ। हालका लागि सो तस्बिरको मूल्य ६५ हजार डलर राखिएको छ। सामाजिक सञ्जाल इन्स्टाग्राममा जेनिफरको अभिव्यक्ति छ, ‘मेरो एक साथी मार्कले २५ वटा तस्बिर लिलामी गर्ने निर्णय गरेका छन्। यी तस्बिरमध्ये मेरो पनि एउटा तस्बिर छ। आर्थिक रूपमा कमजोर वर्गका लागि निःशुल्क कोरोना भाइरस परीक्षण र उपचारको सुविधा दिइरहेको संस्थालाई यो रकम दिइनेछ।’ तस्बिर लिलामीबारे जेनिफरको उक्त कदमपछि उनका फ्यानले उनको सो कदमको निकै तारिफ गरिरहेका छन्।