चलचित्र ‘नालापानी’ कात्तिक ४ गते रिलिज हुने

115

काठमाडौँ । चलचित्र ‘नालापानी’ तिहारको अवसर पारेर आगामी ४ कात्तिकमा रिलिज हुने भएको छ। चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ को विशेष अवार्ड पाएको यो चलचित्रमा रिमेश अधिकारीको निर्देशन छ। चलचित्रले सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईँलाई प्रस्तुत गरेको छ। निर्देशक अधिकारीले योद्धा कुँवर र उनका ६ सय सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा चलचित्रमा जीवन्त देखाइएको दाबी गरे। चलचित्रको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्।