हेर्नुहोस् यस्तो बन्यो ‘छ माया छपक्कै’को ‘बिच बिचमा’ (भिडियो)

584

असोज १०,
काठमाडौं । यही असोज २४ गतेबाट प्रदर्शनमा आउने फिल्म छ माया छपक्कैको प्रोमोशनल सङ्ग सार्वजनिक भएको छ । दुर्गेश थापाको हिट तीज गीत बीच बीचलाई छ माया छपक्कैको प्रचारमा प्रयोग गरिएको हो ।  भिडियोमा गायक, संगीतकार तथा रचनाकार दुर्गेश थापा सहित छ माया छपक्कैका मुख्य कलाकारहरु दिपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे र सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ । फिल्मकी सह निर्देशक दिपाश्री निरौला ड्रमरको भूमिकामा प्रस्तुत भएकी छिन् । रमाइलो टुक्का मिलाएर गाइएको बीच बीचमाको भिडियो पनि रमाइलो बनेको छ ।दिपकराज गिरी र दिपाश्री निरौलासँग निर्माता रोहित अधिकारी मिलेर बनाएको छ माया छपक्कै गीत तथा प्रोमो सार्वजनिक भैसकेको छ । भिडियो हेर्नुस् :