प्रतिनिधिसभा बैठक आज पनि बस्दै

49

काठमाडौं : प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ। बजेटमाथिको छलफमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रिहरुले दिइरहेका छन्। हिजो राति साढे ९ बजेसम्म चलेको बैठकमा विभिन्न १० मन्त्रालयका सम्बन्धित मन्त्रीले बजेटमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए।आज रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।