‘जात्रै जात्रा’को ‘माया पिरिम’ गीत सार्वजनिक (भिडियो सहित)

180

चैत ३,
काठमाडौँ -चलचित्र ‘जात्रै जात्रा’को ‘माया पिरिम’ बोलको गीत सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । भिडियो हेर्नुस्ः

निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको गीतमा वर्षा राउत, विपिन कार्की, करिश्मा मानन्धर, निश्चल बस्नेत, सारा सिल्पाली, दयाहाङ राई, रविन्द्र झा फिचर्ड छन् । बैवाहिक माहोललाई तताउनको लागि करिश्मा, निश्चिल र सारा पुगेका हुन् । लेखु सहयात्रीको शब्द रहेको गीतमा कृष्ण भारद्वाजले संगीत भरेका छन् । संगीत समायोजन रिकेश गुरुङको रहेको छ भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ । प्रदिप भट्टराईले निर्देशन गरेको फिल्ममा वर्षा राउत, विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, कृष्ण भक्त महर्जन लगायत कलाकारहरुको अभिनय रहेको छ । गीत सार्वजनिकसँगै फिल्मको प्रर्दशन मिति हेरफेर गरिएको छ । पहिला फिल्मले वैशाख १३ गते प्रर्दशन मिति तय गरेको थियो भने अब यो फिल्म जेठ ३ गते ‘विर विक्रम २’ सँगै प्रर्दशन हुँदैछ ।