Wednesday, September 23, 2026
Home अपराध ७ जना मिलेर यसरी कमाउने थियो योजना, प्रहरीले गर्यो पक्राउ

७ जना मिलेर यसरी कमाउने थियो योजना, प्रहरीले गर्यो पक्राउ

260

काठमाडौं । नेपाल प्रहरीले धाक धम्की र त्रास देखाएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको आरोपमा काठमाडौंबाट ७ जनालाई पक्राउ गरेको छ । योजनावद्ध तरिकाले पीडितलाई पटक पटक फोन गरेर र प्रत्यक्ष भेटेर धाक धम्की र त्रास देखाएर ७ करोड रुपैयाँ बार्गेनिङ गरेको सूचना पाएको प्रहरीले उनीहरुलाई बिहीबार काठमाडौंको बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर त्रियुगाका २१ वर्षका सुजन आचार्य, कालीकोटका २९ वर्षका टेक विक, बझाङका २९ वर्षका धर्मराज थापा, काभ्रेपलाञ्चोकका ३३ वर्षका उमेश भण्डारी, गुल्मीकी २९ वर्षकी बसन्ता खनाल, चितवनका ३२ वर्षका सुरज शर्मा र काठमाडौं सिनामंगलका ३३ वर्ष श्रवण कार्की रहेका छन् । उनीहरुलाई आपराधिक लाभ मुद्दामा अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर पठाइएको उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए ।