प्रेमीसँग साम्राज्ञीको अर्को ‘इन्टिमेट’ फोटो भाइरल

1938

साउन ९,
काठमाडौं । अहिलेकी हट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका बोल्ड तस्बिर सार्वजनिक हुने क्रम रोकिएको छैनन् । प्रेमी देवांश रानासँग बालुवामा खिचेको विकिनी तस्बिरको राप सेलाउन नपाउँदै पुनः अर्को तस्बिर सार्वजनिक भएको छ । हालै उनले प्रेमीलाई गाडीमै ओठमा चुम्बन गरेको तस्बिर सार्वजनिक भएको छ । यो तस्बिर सार्वजनिक भएसँगै दर्शकले निकै भद्दा कमेन्ट गरिरहेका छन् । उनले पहिला विकिनीको तस्बिरमा दर्शकले आलोचना गर्दा ‘हाथी चले बजार, कुत्ते भुके हजार’ भन्दै मुख भरिको जवाफ दिएकी थिइन् । अहिले उनले यस विषयमा केहि बोलेकी छैनन् ।

साम्राज्ञी ‘रातो टिका निधारमा’ फिल्मको छायांकनपछि फुर्सदमा छिन् । फुर्सकको समयमा साम्राज्ञी प्रेमीसँग घुमघाम गर्न बाली पुगेकी हुन् । उनको ‘मारुनी’ फिल्म भदौ १३ गते प्रर्दशन हुँदैछ भने रातो टिका निधारमा दशैंको अवसर पारेर प्रर्दशन हुँदैछ ।