Thursday, October 1, 2026
Home Uncategorized सम्मान र श्रदाञ्जली एउटै मञ्चबाट

सम्मान र श्रदाञ्जली एउटै मञ्चबाट

669

फागुन २६,
काठमाण्डौ । योगी नरहरिनाथ ट्रष्ट अध्यात्मिक परिषद, DBL देशभक्त कानून व्यवासायी र मानव अधिकार महिला तथा कानूनले संयूक्त रुपमा अध्यात्मिक र श्रदाञ्जली कार्यक्रमको काठमाडौको कमलादीमा सम्पन्न भयो । कार्यक्रममा योगी नरहरि नाथको योगदानको चर्चा र अठारौं सम्मान कार्यक्रम तथा अधिवक्ता ईश्वर चन्द्र IC शर्मा ज्ञवालीलाई श्रदाञ्जली सभा गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम थिए भने कार्यक्रममा योगी नरहरिनाथ ट्रष्ट अध्यात्मिक परिषदका अध्यक्ष शङ्कर पौडेल DBL तथा मानव अधिकार महिला तथा कानूनका अध्यक्ष अधिवक्ता राजकुमार थापा लगायतले आफ्नो भनाइ राखेका थिए । पौडेलले योगी र थापाले शर्माको योगदानको चर्चा गरेका थिए ।