चाँगुनारायणको मेयर पदमा एमालेको अग्रता, कुन वडामा कति मत हेर्नुहोस्

2849

भक्तपुर । स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा नेकपा एमालेले मेयर पदमा अग्रता कायम गरेको छ ।
यस नगरपालिकाको वडा नं. ६ को अन्तिम मत परिणाम आएपछि एमालेकी उम्मेदवार बिना बास्तोला अग्रता लिएकी हुन् । उनलाई नेपाली कांग्रेसका जिवन खत्रीले पछ्याइरहेका छन् ।
यस्तो छ मतपरिणाम: मेयर पद एमाले/ कांग्रेसको मत
वडा नं. १, एमाले १०५७ / कांग्रेस ११३७
वडा नं. २, एमाले ११२१ /कांग्रेस ११९२
वडा नं. ३, एमाले १४०६ /कांग्रेस १३३४
वडा न. ४ एमाले ११८० /कांग्रेस १११३
वडा नं. ५, एमाले ८०२ / कांग्रेस १३२६
वडा नं. ६, एमाले १०८४ / कांग्रेस १९१

अहिलेसम्मको जम्मा मत परिणामः एमाले ६६५०/ कांग्रेस ६२९३