Friday, September 18, 2026
Home राजनीति नगरकोटमा एमालेको चुनावी अभियान सुरु

नगरकोटमा एमालेको चुनावी अभियान सुरु

317

भक्तपुर । नेकपा एमाले चाँगुनारायण नगरपालिकाको ६ नं. वडा कमिटी नगरकोटले घरदैलो कार्यक्रम सुरु गरेको छ । नगरकोटका जेष्ठ नागरिक सुनकान्छी लामिछानेको हातबाट आर्शिवाद लिँदै एमालेले घरदैलो अभियान सुरु गरेको हो । एमालेका प्रत्यासी उम्मेद्वार सहितको टोलीले १ सय ६ वर्षीया लामिछानेको निवासमा भेटी आर्शिवाद लिएको हो । यससँगै नगरकोटमा चुनावी अभियान सुरु भएको वडा कमिटीका अध्यक्ष सुरज बास्तोलाले बताए । वडा नम्बर ६ का वडा अध्यक्षका प्रत्यासी उम्मेद्वार विष्णु तामाङ सहित पाँचै जना उम्मेद्बारले उनीसाग आर्शिवाद लिएका हुन् ।आगामी बैशाख ३० गते हुने निर्वाचनमा सो वडाबाट महिला वडा सदस्यमा चिनीमाया तामाङ, दलित महिला वडा सदस्यमा सुनिता विश्वकर्मा, वडा सदस्यमा रमेश लामिछाने उम्मेदवार छन् ।