रातो मच्छिन्द्रनाथको रथ निर्माण कार्य धमाधम

220

बैशाख १५,

ललितपुर : पुल्चोक दमकलनजिकै रातो मच्छिन्द्रनाथको रथ निर्माण कार्य धमाधम भइरहेको छ। वैैशाख कृष्ण प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथको महास्नान गरेपछि ३२ लक्षणले युक्त ३२ हात अग्लो रथ बनाउने काम सुरु भएको हो। काठकै चुकुल राखी वेत र महावेतको डोरीले बाँधेर रथ निर्माण गर्ने परम्परा छ। गुठी संस्थान शाखा कार्यालय ललितपुरका अनुसार वैशाख शुक्ल प्रतिपदामा (यो वर्ष वैशाख १८) मा मच्छिन्द्रनाथलाई रथारोहण गर्नुपर्ने भएकाले रथ बनाउने कामलाई तिव्रता दिएको बताएको छ। ‘रथ बनाउने काम धमाधम भइरहेको छ’ ललितपुर शाखाका प्रमुख हरि सुवेदीले भने, ‘रथको स्टक्चर निर्माण अन्तिम चरणमा छ।’ रथमा काठको काम सकिएर अहिले वेत र महावेतले बाँध्ने काम अन्तिम चरणमा पुगेको छ।

रथ निर्माण गर्न पाटनका यवाल, बाराही थरका स्थानीयवासी तल्लीन छन्। बाराहीले रथलाई स्वरूप दिएर काठ हाल्ने काम गरेका छन्। यसैगरी यवालहरू रथ बनाउन प्रयोग भएका काठलाई वेतले बाँध्न र कस्न लागिपरेका छन्। ‘हामीले रथको संरचना काठबाट बनाएका छौँ, रथको तला–तला निर्माणका लागि काठ फिटिङ गर्यौँ, काठसम्बन्धी काम गरिरहेका एक बाराहीले भने, ‘महावेत ठाँउ–ठाँउमा कस्ने काम भएपछि हामीले तल्ला थप्ने गरेका छौँ।’बाराहीले काठबाट रथका स्वरूप दिएपछि यवाल समुदायले यसलाई मजबुत बनाएर पाङ्ग्रा, घमा, घमापासा र देवता राख्ने स्थान बनाउन जोइन्टमा वेत र डोरीले कस्छन्। ‘तला–तलामा काठलाई वेतले बाँध्दै छौँ’, निर्माणमा खटिएका एक युवकले भने, ‘एक हातले समाउँदै एक हातले कस्दै, ठोक्दै गर्नुपर्छ। ​