Wednesday, October 28, 2026
Home राजनीति गुरुङको सुनवाइ स्थगित

गुरुङको सुनवाइ स्थगित

40

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीसम्बन्धी रिटको सुनुवाइ स्थगित भएकाे छ। आफ्नो उम्मेदवारी खारेजी भएपछि सर्वोच्च अदालत गएका रूपन्देही-२ का गुरुङकाे शुक्रबार सुनवाइ हुने भनिएकाे थियाे। सर्वाेच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा परेको उनकाे मुद्दा निवेदकको कानुन व्यवसायीको तर्फबाट सुनुवाइ स्थगित भएको हो।

बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको थियो। आयोगको उक्त निर्णय विरुद्ध गुरुङले रिट निवेदन दायर गरेका थिए। सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) र निर्देशिका २०७९ को दफा १६ (ज) लाई आधार बनाएर उम्मेदवारी खारेज गरेका थिए।