भक्तपुर औद्योगिक तथा व्यापार मेलामा कलाकारको घुइचोँ

262

-रशिला होमागाई
भक्तपुर । नयाँ वर्ष २०७९ को आगमनसँगै औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले भक्तपुरको सल्लाघारीमा मेला आयोजना गरेको हो । दैनिक जसो सांकृतिक कार्यक्रम भइरहेको मेलामा राष्ट्रियस्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको छ । मेलामा उपभोक्तालाई चाहेका हरेक सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराइने मेला संयोजक दीपक थापाले बताए ।

यसबाट सांस्कृतिक पर्यटन तथा व्यापार मेला गर्न लागिएको थापाले जानकारी दिए । मेलामा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु विभिन्न प्रकारका लत्ताकपडाहरू, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामाग्रीका स्टलहरू छन् । ‘फेशन तथा नृत्य, औधोगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामिण प्रविधि सम्बन्धी गतिविधि, अटो मोवाइल प्रदर्शनी, विद्युतीय मेशिन कृषि औजार प्रदर्शनी रहेको छ,’ संयोजक थापाले भने ।

भक्तपुरमा संचालन भइरहेको व्यापार मेलामा करिब १ करोड रुपैयाँ बराबरको आयोजकले जानकारी दिएको छ । छैठौं औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेलाको (आज) सोमबार पाचौं दिनसम्म आइपुग्दा १ करोड रुपैयाँको आर्थिक कारोबार भएको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले बताए ।

मेलामा करिब ३ लाखभन्दा बढी उपभोक्ताको आगमन हुने अनुमान गरिएको छ भने करिब ८ करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा चैत्र २४ देखि सुरु भएको यो मेला वैशाख ४ सम्म हुनेछ । जसमा २ सयभन्दा बढी स्टल रहेका छन् । भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले मेलामा भाग लिने आयोजकले बताएको छ । मेलालाई व्यवस्थित गर्न विद्यार्थीलाई ४० र अन्यका लागि ५० प्रवेश शुल्कको तोकिएको छ ।