सूर्यविनायकको पाथीभरा एकेडेमीमा दिक्षान्त समारोह सम्पन्न

182

भक्तपुर । सूर्यविनायक ५ सृजनानगरस्थित पाथीभरा एकेडेमी आवासीय विद्यालयमा अभिभावक दिवस एवं दिक्षान्त समारोह सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल रमेशप्रसाद सिटौलाले स्थापनाको १० वर्षमा विद्यालयले उल्लेख्य प्रगती गरेको जानकारी गराए । पहिलो बर्ष प्ले ग्रुप बाट कक्षा सुरु गरेको विद्यालयले प्रत्येक वर्ष कक्षा थप गर्दै जानेक्रममा हाल कक्षा ७ सम्म संचालन गर्न सफल भएको उनको भनाइ छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि नेशनल प्याब्सन,भक्तपुरका अध्यक्ष संजय खड्काले शैक्षिक प्रगतीका लागि विद्यालय र अभिभावकले हातेमालो गर्नुपर्ने आवश्यकता औल्याए ।” विद्यालय वा अभिभावक एउटा पक्षले मात्र हात अघि बढाएर हुँदैन,दुवै पक्षको उत्तिकै साथ र सहयोग चाहिन्छ ।” उनले भने ।
अध्यक्ष खड्काले अभिभावाकहरुले विद्यालयबाट अपेक्षा बढी गर्ने तर आफ्नो कमजोरी नदेख्ने कारण समस्या हुने गरेको बताए ।

उक्त अवसरमा खेल्ने समूहमाबाट सिक्ने समूह कक्षा १ मा पुगेका बालबालिकाहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो भने अघिल्लो २ वर्ष दिक्षान्त समारोह हुन नपाएकाले कक्षा २ र ३ का बालबालिकालाई पनि दीक्षित गरिएको थियो ।