सुनको मूल्यमा नयाँ रेकर्ड: आज १ हजारले बढ्याे

28

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज प्रतितोला सुनको मुल्य १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको छ।

सोमबार प्रति तोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजारले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।