Monday, September 28, 2026
Home अन्तर्राष्ट्रिय युद्धले छियाछिया बनेको युक्रेनी शहर

युद्धले छियाछिया बनेको युक्रेनी शहर

154

चैत २६,

गत फेब्रुअरी २४ देखि रुसले युक्रेनमा सैन्य आक्रमण गरिरहेको छ। युक्रेनलाई घेराबन्दी गरेर आक्रमण थालेको रुसले युक्रेनका महत्वपूर्ण शहरलाई केन्द्रबिन्दु बनाएको छ। राजधानी किभसहित, मारियोपोल, खार्किभलगायत महत्त्वपूर्ण शहरमा रुसले शक्तिशाली बम खसालेको छ। जसले यी शहरमा रहेका ऐतिहासिक, पुरातात्त्विक, अस्पताल, विद्यालयलगायत ठूला ठूला संरचना पूर्णरुपले ध्वस्त बनेका छन्। करिब ४० लाख युक्रेनी देश छोड्न बाध्य छन्। जो युक्रेनमा छन् उनीहरू त्रासदी जीवन बिताइरहेका छन्। बमका आवाज र बमले छिया छिया बनाइएका भवनमा युक्रेनी जनताको कहालीलाग्दो अवस्थामा बस्न बाध्य छन्। केहि दिन यता रुसी सेनाले नागरिकहरूलाई पनि विध्वंस तरिकाले मारेको युक्रेनले आरोप लगाएको छ।