काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निर्वाचन आचारसंहितामा आफ्नो छ बुँदे असहमति राखेको छ। महासचिव शंकर पोखरेल नेतृत्वमा बिहीबार निर्वाचन आयोग पुगेर एमालेले लिखित रुपमा आफ्ना असहमति राखेको हो। एमालेले संविधान र कानुनसँग बाझिएका बाहेक आचारसंहिता पालनामा आफूहरु प्रतिवद्ध रहेको उल्लेख गरेको छ।‘त्यसैले यस प्रकृतिका संविधान तथा कानुन विपरीतको सबै प्रावधान सच्याउन र त्यस्ता प्रावधान लागु हुने गरी सूचना प्रकाशित नगर्न हाम्रो पार्टी आयोग समक्ष आग्रह गर्दछ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ। दफा ३६ मा कुनै स्थानीय तहमा उम्मेदवार हुने जनप्रतिनिधिले पदबाट राजीनामा गर्नुपर्ने व्यवस्था स्थानीय तह खाली हुन हुँदै भन्ने आयोगकै पूर्वमान्यता विपरीत रहेको एमालेले उल्लेख गरेको छ।