लगातार ६ घण्टासम्म पब्जीः किशोरको मृत्यु

107

जेठ १८, काठमाडौं । लगातार पब्जी खेल्ने क्रममा एक १६ वर्षे किशोरको हृदयघात भएर मृत्यु भएको छ । शुक्रबार किशोरका पिता फरुन कुरेशीले दिएको जानकारी अनुसार उनका छोराले ६ घण्टासम्म मोबाइल फोनमा पब्जी खेलेपछि अचेत भएका थिए । भारत मध्य प्रदेशका ति मृत्यक किशोर फुरकान कुरेशी कक्षा १२ का विद्यार्थी हुन् ।
घटना मे २८ को हो जब फुरकान कुरेशी र उनको परिवार एक आफन्त विवाहमा भाग लिनको लागि राजस्थानको घरबाट मध्य प्रदेश गएका थिए । सोमबार अचेत हुनुपूर्व फुरकानले पब्जी खेल्दै ‘पड्काउ, हान’ भनेर चिल्लाएको उनका पिताले बताए ।

‘उ एकदमै सक्रिय केटा थियो । मेरो छोरा पब्जी खेलमा यति धेरै मग्न थियो कि उसले आइबार रातीदेखिदेखि सोमबार झिसमिसेसम्म खेलिरह्यो । विहान केही घण्टा सुत्यो अनि खाजा खाएर पुन खोल्न थाल्यो ,’ पिता हारुनले बताए ।
खेलमा उसको पात्रले हारेपछि उसले पड्काउ, पड्काउ भनेको सुनिएको हारुनले बताए । खेल खेल्ने क्रममा अचेत भएपछि किशोरलाई तत्कालै अस्पताल लगिएको थियो तर उनलाई व्युताउन सकिएन । एजेन्सी