Saturday, October 3, 2026
Home अन्तर्राष्ट्रिय रुसद्वारा युक्रेनमा हाइपरसोनिक मिसाइल प्रहार

रुसद्वारा युक्रेनमा हाइपरसोनिक मिसाइल प्रहार

119

रुसले पश्चिमी युक्रेनमा हाइपरसोनिक हतियार प्रयोग गरेको छ। शुक्रबार युक्रेनमा पहिलो पटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल प्रहार गरेको रुसले जनाएको छ। युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट गरीदिएको रुसको रक्षा मन्त्रालयको दाबी छ।’हाइपरसोनिक एरोबलिस्टिक मिसाइलसहितको किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले इभानो–फ्रान्किभस्क क्षेत्रको डेलियाटिन गाउँमा मिसाइल र उड्डयन गोदाम भएको ठूलो भूमिगत गोदामलाई ध्वस्त पारेको छ’, रुसी रक्षा मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ।किन्जल हाइपरसोनिक हतियारको यो पहिलो प्रयोग हो, जसलाई मस्कोले पश्चिमी युक्रेन समर्थकमा ‘विशेष सैन्य अपरेशन’ को रुपमा अर्थ्याएको छ।