मेरो देश

123

कृष्ण नेपाली

फागुन १८,
देशको आज सपना त पुर्खाको रगतमा सिमित भो
ब्रह्राण्डमा काम नलाग्ने उल्का खसे सरी भो ।।

सगरमाथा भन्ने गर्छ मेरो शिर नझुकाउ
बाबु बुद्ध भन्छन् होला शान्ति खै त कहाँ हालेउ।।

देशलाई चोट लाग्दा खै त नेपालि पन कहाँ गको
साच्चै नै पो होकि ँक्याहो सतिको नै पाप लाको ।।

मेरो देशको शिर र पाउमा पहिले देखि राप थियो
हेर्दा हेर्दै पेटमा आज तरवारले नै खोपिदियो ।।

अब हेर मेरो देशको छाति चिर्दा के होला
पानि नखाई बचाको देशको हालत के होला।।

फर्कि आइदेउ बुद्ध तिमी अमर सिंह र बिरभद्र
देशमा पर्यो काला छिद्र यता तेता बिचित्र।।