Tuesday, September 29, 2026
Home राजनीति एमसिसीविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

एमसिसीविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

59

फागुन १०,

काठमाडौं : प्रतिनिधिसभामा टेबल भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विरुद्धको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ। संसदमा प्रवेश गरिसकेकाे विषय भएकाले सर्वोच्च प्रशासनले रिटलाई दरपीठ गरिदिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। एमसिसी अघि नबढाउन माग गर्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। संसद्‌बाट अनुमोदन गर्दाको बहुमत संख्याको व्याख्या गर्न रिटमा माग गरिएको छ। अदालतका कर्मचारीले मंगलबारभित्र निवेदनबारे टुंगो लाग्ने बताएका छन्। सरकारले गत आइतबार एमसिसी सम्झौता संसद्‌‍मा पेश गरेको छ। अब त्यसमाथि दुवै सदनमा छलफल हुनेछ।