६९ वर्षमा प्रधानमन्त्री ओलीः दरो आत्मविश्वास, खरो बोली

244
New Delhi: President Pranab Mukherjee with Prime Minister of Nepal KP Sharma Oli at Rashtrapati Bhavan in New Delhi on Saturday. PTI Photo by Atul Yadav(PTI2_20_2016_000254B)

फागुन ११,
काठमाडौं । नेपालको राजनीतिमा एक महानहस्तीका रुपमा रहेका खड्गप्रसाद शर्मा ओली (केपी शर्मा) विसं २००८ साल फागुन ११ जन्मिएका हुन् । ओली १२ वर्षको उमेरमा पिता मोहनप्रसादसँगै झापाको शरणमतीस्थित चप्रमारीमा बसाइँ सरेका थिए । त्यसको केही समयपछि गरामनीहुँदै पछि पृथ्वीनगरको सोमबारे (हाल) भद्रपुर नगरपालिका–२० बसाइँ सरेका थिए । ओलीका पिता मोहनप्रसाद ओलीले २०२० तिरै सो पुर्ख्यौली घर छोडे पनि २०४८ सालपछि बेचेका थिए ।

बाल्यकाल्यमै मातृ वात्सल्य गुमाएका प्रधानमन्त्री ओलीलको न्वारानको नाम भने धु्रवप्रसाद ओली हो । उनलाई पिता मोहनप्रसादले अहिले पनि धु्रव भनेर बोलाउँछन् । तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–२ इवापोखरीको पुर्ख्यौली घरपुगेर उनले जन्मदिन मनाउने भएका हुन् । प्रधानमन्त्री ओलीको ६९औं जन्मदिन ११ फागुनमा पर्छ । सो दिन पिता मोहनप्रसाद ओली, श्रीमती राधिका शाक्य, भाइ र बहिनीहरुसहित जन्मघर इवा गएका हुन् ।

आफ्नो जन्मघर बेचेका ओलीले केही वर्षअघि मात्र स्थानीय खगेन्द्र तामाङबाट पुनः किनेका थिए । २ वर्षअगाडि प्रधानमन्त्री ओलीले आफू जन्मेको घरसहित २५ रोपनी जग्गा १० लाख ५० हजार रुपैयाँमा किनेका थिए । प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन यसपटक जन्मघर तेह्रथुममा पुगेर मनाएका छन् । प्रधानमन्त्री ओलीले २ सय २५ रोपनी जग्गा किनेर आफू जन्मेको घरलाई संरक्षण गरी पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीका पिता अहिले पनि झापाको पृथ्वीनगरस्थित सोमबारेमा कान्छा छोरा जयप्रसादको घरमा बस्दै आएका छन् ।

केपी ओली नेपालका राजनीतिज्ञ तथा वर्तमान ४१ औं प्रधानमन्त्री हुन् । यस अघि २०७२ मा पहिलो पटक प्रधानमन्त्री ३४ बनेका थिए। यिनी नेकपाका वर्तमान अध्यक्ष हुन्। यिनी विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसमेत भएका छन् । ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए। विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्र मन्त्री भएका थिए। उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै पहिलो पटक विसं २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका हुन्।

करिब १० वर्ष अगाडी मृगौला प्रत्यारोपण गरेपनि हाल उनको स्वास्थ्य अवस्था केही जटिल छ । तर स्वास्थ्य जे जस्तो भएपनि ओलीको आत्मवल भने बलियो देखिन्छ । खरो बोलीका कारण कहिले काहीँ विवादमा पर्ने उनले देश र जनतालाई पहिलो पटक प्रधानमन्त्री हुदाँ देखाएको सपनाले नै नेकपाले बहुमत ल्याएको थियो । तर पछिल्लो पटक सरकारमा सहभागी मन्त्रीहरुले राम्रो काम गर्नपछि प्रधानमन्त्री ओलीको विरोध हुदैं आएको छ । मुलुको भविष्य उज्वल बनाउन लामो समय जेल जिवन बिताएका वर्तमान प्रधानमन्त्री ओलीले एउटा दिशानिर्देश गर्नेछन् भन्ने विश्वास आम नेपालीमा अझै छ । प्रधानमन्त्री आलीलाई नयाँ नेपाल न्यूजको तर्फबाट जन्मदिनको शुभकामना व्यक्त गर्दछौ ।