भक्तपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

163

भक्तपुर । जिल्लाको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे तज टोलमा डेरा गरी बस्ने एक पुरुषले कुटपिट गरी श्रीमतिको हत्या गरेका छन ।

भोजपुर जिल्ला केराबारी घरभई हाल कटुञ्जेस्थित तज टोलमा डेरा गरी बस्ने २८ वर्षिय जीवन राईले आइतवार राती २५ वर्षिय श्रीमति मन्दिरा राईलाई कुटपिट गरी हत्या गरेका हुन् । हत्या पछि फरार भएका जीवनलाई प्रहरीले सोमवार बिहान नियन्त्रणमा लिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए । एक फोहोर उठाउने सफाई केन्द्रमा कार्यरत राई दम्पत्ति आइतवार साँझ मदिरा सेवन गरी झगडा गरेको अनुसन्धानमा खुल्न आएको प्रनाउ पाण्डेले बताए ।

झगडा गर्नेक्रममा जीवनको कुटाईबाट घाईते भएका मन्दिरा बिहान मृत अवस्थामा फेला परेकि थिइन् । श्रीमतीको मृत्यु पश्चात फरार रहेका जीवनलाई घटनास्थल नजिकै आफन्तको बसिरहेको अवस्थामा लोकेसन ट्रयाक गरी पक्राउ गरिएको प्रनाउ पाण्डेले बताए । राई दम्पत्तिका ७ वर्षिय छोरा छन् ।