आज नेवार समुदायले ‘योमरी पुन्ही’ मनाउदैं

117

पुस ४,
काठमाडौं । हरेक वर्षको मङ्सिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन नेवार समुदायमा योमरी पुन्ही पर्व मनाउने प्रचलन छ । २०६१ सालदेखि यही दिन ज्यापू दिवस पनि मनाइन्छ । आज अर्थात् पुस ४ गते १८ औँ ज्यापू दिवस मनाइँदैछ ।
यस दिन चामलको पिठोबाट बनेको विशेष रोटी योमरी बनाएर खाने चलन छ । योमरी पुन्हीलाई नेवारहरूको महत्त्वपूर्ण चाडको रूपमा लिइन्छ । योमरी पुन्हीदेखि दिन धमाधम लामो र रात छोटो हुने जनविश्वास छ ।

योमरी पुन्ही कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ भन्न सकिने ठ्याक्कै प्रमाण छैन । लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा। त्रिरत्न मानन्धर यो संस्कृति मध्यकालदेखि रहँदै आएको विश्वास व्यक्त गर्छन् । उता ज्यापू संस्कृति विकास कोषका संरक्षक तीर्थराम डंगोलले यो संस्कृति लिच्छविकालदेखि नै सुरु भएको बताउँछन् ।