बच्चा चोर्ने कार्यमा संग्लन तीन जना पक्राउ

32

काठमाडौँ । प्रहरीले काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हिजो दिउँसो चोरी भएको शिशुको सकुशल उद्धार गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार शिशुको चोरी गर्ने दैलेखकी २४ वर्षीया मनीषा सिंह सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महिलाकी दिदी र श्रीमानसमेत छन् ।

प्रहरीले सीसीटिभी फुटेजका आधारमा काठमाडौँको काँडाघारीस्थित सनसिटी अपार्टमेन्ट क्षेत्रबाट शिशुको उद्धार गरी चोरी गर्ने महिलासहित तीनजनालाई पक्राउ गरेको हो । शिशुको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार पछि बालिकाको परिवारको जिम्मा लगाइएको छ ।  बच्चा हराएको खबर प्राप्त हुन साथ जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खोजीमा खटिएको थियो । काभ्रे घर भई काठमाडौँ बस्दै आएकी सविना श्रेष्ठको २६ दिने शिशु शुक्रबार दिउँसो प्रसुतिगृहबाट चोरी भएको थियो।