भक्तपुर प्रहरी परिसरमा डीएसपी पाण्डे

518

मंसिर २३,
भक्तपुर । नेपाल प्रहरीको केन्द्रिय कार्यालयले समय अवधि पुगेका प्रहरी कर्मचारीहरुको सरुवा गर्दै आइरहेको छ । जस अन्तर्गत महानगरिय प्रहरी परिसर भक्तपुरका डीएसपी दिपक गिरीको सरुवा भएको हो । गिरीको स्थानमा जिल्ला प्रहरी कार्यालय डोल्पाबाट सरुवा भई प्रहरी नायव उपरिक्षक (डीएसपी) राजु पाण्डे २०७८/०८/२२ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा हाजिर भएका छन् ।