कांग्रेस भक्तपुरको सचिव पदमा किरण न्यौपाने किन ?

77

मंसिर १२,
भक्तपुर । किरण न्यौपाने नेपाली काँग्रेसलाई भक्तपुरको पहिलो पाटी बनाउने अभियानमा सक्रिय छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ मा २०३१ सालमा जन्मिएका उनी २०४७ साल देखि राजनितिक जीवन सुरु गरेका थिए । नेविसंघबाट सुरु भएको न्यौपानेको राजनीतिक यात्रा अहिले पार्टी जिल्ला सहसचिव छन् । यो महाधिवेशनमा उनले कांग्रेसको जिल्ला समितिको सचिव पदमा उम्मेदवारी दिएका छन् ।

 राजीनितक यात्रा
वडा नेबिसंघको वडा सदस्य बाट राजनीतिक यात्रा सुरु गरेका उनी गाँउ समिति, क्षेत्रिय समिति र नेविसंघको जिल्ला अध्यक्ष र नेविसंघ केन्द्रिय सदस्य, पार्टीको गाँउ वडा समिति, गाँउ समिति सचिव, भक्तपुर क्षेत्र नम्वर १ कार्यवहाक सभापति हुँदै , सचिव तथा उपसभापति हुँदै हाल जिल्ला सहसचिव हुन् ।

१३औ अधिबेशनबाट जिल्ला समिति,भक्तपुरको सदस्य निर्वाचित र मिति २०७५ भदौ ५ गते सहसचिमा मनोनित भै हाल कार्यरत । २०६२/०६३को प्रतिगमन बिरुद्दको आन्दोलनको क्रममा मिति २०६२ माघ ६ गते पक्राउ परि नजरबन्दमा राखेर २०६२ फागुन ४ गते अदालतको आदेशानुसार तत्कालिन सरकारले उनको रिहाई गरेको थियो ।

सचिवमा किरण न्योपाने किन ?

न्यौपाने नयाँ नेपाल न्यूजसंग भने ‘अवको काँग्रेस २१ औं सताब्दीका लाखौं युवाहरुको ढुकढुकी बन्न सक्नु पर्छ । लोकतान्त्रिक समाजवाद हामीहरुको लक्ष्य हुँदा हुँदै पनि हाम्रा क्रियाकलाप त्यता पट्टि लक्षित नहुदा अलमल भएको छ । लाखौं युवाहरु स्वदेशमा अवसर नहुदा बिदेशमा पसिना बगाएका छन् , यसको विपल्प दिन पार्टीमा शिक्षित र समाज बुझेको मानिस चाहिन्छ ।’

‘लाखौ युवाहरु बेरोजगारीका कारण भौतारिरहेका छन् उनीहरुलाई रोजगार दिनु राज्यको दायित्व हो । कोभिडका कारण मुलुक आंक्रान्त छ, भ्रष्टाचारले जरा गाडेको छ यहिँ सबै हटाउनु अबको पार्टी नेतृत्वले भूमिका खेल्ुन पर्दछ, त्यसैले मैले सचिव पदमा उम्मेदवारी दिएको हुँ ।’

न्यौपानेले पार्टीका सबै मतदाताहरुलाई योग्य र समक्ष नेतृत्व छान्नका लागि अनुरोध समेत गरेका छन् ।