Tuesday, September 22, 2026
Home समाचार जाजरकोटमा बस दुर्घटना हुदाँ ५ जनाको मृत्यु

जाजरकोटमा बस दुर्घटना हुदाँ ५ जनाको मृत्यु

90

मंसिर १२, जाजरकोट । जिल्लामा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जाजरकोटका डीएसपी मधु कुमार थापाका अनुसार दुर्घटनामा २७ जना घाइते छन्। घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ। नेपालगन्जदेखि जाजरकोटको रिडीबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर कुदु बराह चौक नजिक दुर्घटना भएको हो।