भक्तपुर क्षेत्र न.१ को कांग्रेस सभापतिमा जीवन खत्री, महाधिवेशन प्रतिनिधि को-को छानिए नामावली सहित

मंसिर ८,
भक्तपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार भक्तपुरमा निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधि छानिएका छन् । कांग्रेसले दिएको जानकारी अनुसार १ न. क्षेत्रको सभापतिमा जीवन खत्री निर्वाचित भएका हुृन । त्यसैगरि सचिवमा समुन्द्र थापा र रविन कुमार के.सी, सहसचिवमा राम काजी भुज र राजेश्वर वन निर्वाचित भएका छन् ।
१ न. क्षेत्रबाट छानिएका १४ औं महाधिवेशन प्रतिनिधिहरुमा प्रविन वन, बाबुराजा जोशी, राधा कार्की (सरु बानिँया), कृष्णलाल भडेँल, जगननाथ कार्की, राजाराम खड्का, दयामान कमर्चाय, हरि प्रसाद नेपाल, पुष्कर खत्री, पुरुषत्तोम लामिछाने, मनोज कुमार थापा रहेका छन् । शुभद्रा काफ्ले, संगिता फुयाँल, रुपा थापा, गंगालक्ष्मी अवाल, रजनी जोन्छे, रञ्जना कक्षपति, सुरेश श्रेष्ठ, रत्न सुन्दर खाइतु, जीवन भुजु, केशव दुवाल, हरि कृष्ण श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । त्यसैगरी जीवन खत्री, गोविन्द थापा, नवराज दाहाल रहेका छन् ।