तपाईंको एक मत माधव ढकाललाई किन ?

190

मंसिर ५, काभ्रे । विद्यार्थी नेता माधव प्रसाद ढकालले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन् । काभ्रे मण्डन देउपुर वडा न.१ रानिबन स्थायी घर भएका ढकाल बिगतमा लोकतान्त्रिक आन्दोलनमा सक्रिय एक युवा नेता हुन् । भोलि ६ गते हुने महाधिवेशन प्रतिनिधिको निर्वाचनमा काभ्रे २ न. बाट आफुलाई मत दिएर युवाको प्रतिनिधित्व गराउन ढकालले सबै मतदाता संग आव्हान गरेका छन् । यो वा त्यो भन्दा पनि मुलुकको राजनीतिमा युवाहरूको उपस्थित बलियो बनाउन माधव प्रसाद ढकाललाई महाधिवेशन प्रतिनिधिमा जिताउनु पर्ने सबैको धारणा रहेको छ ।