कोरोना संक्रमणबाट ७ जनाको मृत्यु

203
फाइल तस्विर

असोज १२, काठमाडौ । २४ घण्टामा देशभर १२८२ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १२६२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार १०३ पुगेको मन्त्रालयले जनाएको छ ।