युटुवमा प्रकाश सपुतको ‘कुरा बुझ्नु पर्च’ नम्बर १ मा

208

साउन २५,
काठमाडौं । नायक प्रकाश सपूतको नयाँ गीत युटुवको १ नम्बरमा परेको छ । सरल अनि सुपाच्य सांगीतिक खुराक हो, यो । प्रकाशको यो रचना–शिल्प निकै स्वादिलो छ । रसिलो र खँदिलो पनि ।
गीत शान्तिश्री र समीक्षा अधिकारीले गाएका हुन् । म्युजिक भिडियोमा स्वास्तिमा खड्का र आँचल शर्माको दौतरी जमेको छ । यसको शब्द, संगीत प्रकाश सपूतको हो । म्युजिक भिडियोका निर्देशक पनि प्रकाश नै हुन् । यसरी प्रकाशले आफुलाई आयमिक रुपमा पेश गरेका छन् । र, हरेक ठाउँमा उनी परिपक्क र रचनात्मक देखिन्छ ।