एमालेसहितको सरकार बनाउन सुझाव

71

असार २८,
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले नेकपा एमालेसहितको सर्वदलीय सरकार बनाउन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । सोमबार नेपाल निवासमा बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले तत्काल आफूहरू अब सरकारमा सहभागी नबन्ने बताउँदै सभापति देउवालाई फराकिलो मन बनाएर अघि बढ्न सुझाव दिएका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना तथा देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेपछि विपक्षी गठबन्धनका नेताहरु नेपाल निवास कोटेश्वरमा छलफलमा जुटेका थिए । छलफलमा नेता नेपालले लोकतन्त्र, व्यवस्था र संविधान जोगाउन सफल भएकोमा विपक्षी गठबन्धनका सबैलाई धन्यवाद दिएका थिए । यद्यपि, सर्वोच्चको आदेशसँगै अब परिस्थिति बदलिएकाले सरकारमा सहभागी हुने र विश्वासको मत दिने विषयमा भने नेकपा एमालेको संस्थागत निर्णय गरेर मात्र आफूहरू अघि बढ्ने सन्देश विपक्षी गठबन्धनका नेताहरूलाई दिएका थिए ।