Thursday, October 1, 2026
Home समाचार स्वास्थ्यमन्त्रीको दाबीः नेपाललाई स्वस्थ बनाउन एचपीभी खोप

स्वास्थ्यमन्त्रीको दाबीः नेपाललाई स्वस्थ बनाउन एचपीभी खोप

78

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपीभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनका निम्ति सरकारले सुरुवात गरेको बताएका छन् । मंगलबार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महाराजगन्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको एचपीभी खोप अभियान कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

निरोगी नेपाल बनाउने सरकारको अभियान रहेको भन्दै निरोगी नेपाली बनाउनको लागि यस्ता खालका अभियान सञ्चालन गर्दै जाने उनले बताए । उनले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनको निम्ति सुरुवात गरिएको दाबी समेत गरे । ‘अहिले कक्षा ६ देखि १० सम्मका पढ्ने तथा १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप प्रदान गरिनेछ,उनले भने ।