गोकुल बाँस्कोटा दाबी माधव नेपालको नयाँ पार्टी चल्दैन

212

जेठ २०,
काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधवकुमार नेपालद्वारा बनाइने नयाँ पार्टी नटिक्ने बताएका छन् । त्यस्तो पार्टीको जनाधार एमालेको भन्दा भिन्नै नहुने भएकाले नयाँ पार्टी राष्ट्रिय जनमोर्चाजस्तै सानो हुने बास्कोटाको दाबी छ । ‘उही नाम र उही ब्रान्डको पार्टी चल्दैन । उत्पातै नाम राख्दा एमाले क्रान्तिकारी राख्ने होला । तर, मान्छेहरु को हुन् त भन्दा यिनै हुन्’ बास्कोटाले भने, ‘समर्थक वा उनीहरूप्रति सहानुभूति राख्ने जनमत पनि एमालेकै हो, यसकारण अर्को पार्टी बनाउन माधव नेपाललाई धेरै कठिन छ ।’ माधव नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण सोधेर पनि कारवाही किन भएको भन्ने प्रश्नमा बास्कोटाको जवाफ छ,‘योचाहिँ ट्याक्टिल मुभ हो । कार्वाही गर्नेरनगर्ने भन्ने कुरा कार्यनीतिक विषय हो ।’