सडकमा मास्कको अण्डरवेयर लगाएर निस्किए पुरुष

378

बेलायत । राजधानी लण्डन सहरमा कोरोना संक्रमणको बढ्दो कहरका बीच एकजना व्यक्ति मास्कको पेन्टी लगाएर यताउता घुमिरहेको देखियो । जिउमा अरु लुगा नलगाएका र मास्कको अण्डरवेयरले गोप्य अंग छोपेका ती युवकलाई देख्ने मानिसहरु ट्वाँ पर्नु स्वभाविकै थियो । सडकमा घुमिरहेका ती युवक धेरै जना महिलाहरुको नजिकबाट समेत हिँडिरहे । आसपासमा रहेका मानिसहरुले उनको तस्वीरु समेत खिचिरहेका देखिन्थे । अहिलेसम्म अर्धनग्न भएर टहल्ने युवकको पहिचान हुन सकेको छैन । ती युवकमाथि पुलिसले कुनै कानूनी कारवाही गरे नगरेको बारेमा पनि थाहा हुन सकेको छैन । अक्सफोर्ड स्ट्रिटको नजिकै टहलिएको देखिएका ती युवकको तस्वीर सोसल मिडियामा भाइरल बनिरहेको छ । एजेन्सी