रानीमहलमै होटेल चलाउने प्रस्ताव

236

फागुन १०,
काठमाडौं । नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । देशभर रहेका महत्वपूर्ण पर्यटकीय प्रोडक्टको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो । तर, यो महल ऐतिहासिक सम्पदा भएकाले यसमा होटल चलाउन दिन नहुने भन्दै सुरूमै विरोध सुरू भएको छ । होटल एसोसियसन अफ नेपाल (हान) आफैं पनि यो प्रस्तावको पक्षमा छैन । सोहीकारण रानीमहललाई प्रेमको प्रतिक मानिन्छ । रानीमहलमा आकर्षक चार तले भवन रहेको छ । महलमा २४ वटा कोठा, २ वटा पोखरी, मन्दिर बगैँचा र पाटी, घोडातबेला सहिताका संरचनाहरू छन् । पर्यटन बोर्ड भने एतिहासिक संरचनालाई होटलमा परिणत गर्न अग्रसर छ । पाल्पाको तानसेन नगरपालिकामा पर्ने रानीमहल कालीगण्डकी किनारमा अवस्थित ऐतिहासिक दरवार हो । यसको निर्माण विसं १९५४ सालमा भएको थियो। यो महल जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा यो दरवार बनाउन लगाएका थिए ।